हिमालयन पावर पार्टनरको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

११ असार २०८३, बिहीबार १०:१२

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको असार १० गते बसेको सञ्चालक समितिको बैठकले असार ३२ गते बिहीबार काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि १३औं वार्षिक साधारणसभा आह्वान गरेको छ।

लाभांश वितरण नगर्ने निर्णय गरेको यस कम्पनीको साधारणसभाले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको १ लाख ४३ हजार रुपैयाँ अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह सम्बन्धी विषयमा छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने, सञ्चालक समितिको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १८ गते बिहीबार शेयर दाखिल खारेज (बूक क्लोज) गर्ने निर्णय गरेको छ। बूक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा असार १७ गतेसम्म कायम शेयरधनीहरू मात्रै उक्त साधारणसभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*