मातुभूमि लघुवित्तले एफपीओ र हकप्रद निष्काशन गर्ने, बोलायो साधारणसभा

११ असार २०८३, बिहीबार १०:४०

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकले असार ३२ गते बिहीबार कैलालीको लम्कीस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने, एफपीओ निष्काशन पश्चात कायम हुने चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, अन्य लघुवित्त कम्पनीसँग मर्जरका लागि र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रवितेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी स्वीकृत गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्नेछ। साधारणसभा प्रयोजनार्थ कम्पनीले असार २३ गते बूक क्लोज गर्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*