निर्जिवन बीमा कम्पनीहरुको कुल बीमा व्यवसाय ४४ अर्बमाथि, कुन कम्पनीको कति ?
११ असार २०८३, बिहीबार ११:३७

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ४४ अर्ब ३८ करोड रुपैयाँ बराबरको कुल बीमा व्यवसाय भित्र्याउन सफल भएको छ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले सो मात्रामा बीमा व्यवसाय भित्र्याउन सफल भएको हो ।
यस अवधिमा शिखर इन्स्योरेन्सले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय भित्र्याउन सफल भएको छ।
दोस्रोमा सगरमाथा इन्स्योेरेन्स रहेको छ। कम्पनीले यस अवधिमा ४ अर्ब ७७ करोडको कारोबार गर्न सफल भएको छ।
तेस्रोमा हिमालयन एभरेष्ट रहेको छ। कम्पनीले यस अवधिमा ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ।












