११ महिनामा लघु निर्जीवन बीमा कम्पनीले गरे एक अर्ब १९ करोडको ब्यवसाय, कुनले कति ?

११ असार २०८३, बिहीबार १२:१०

काठमाडौं । चालू आर्थिक वर्ष २०८२।०८३ को ११ महिनामा निर्जीवन लघुबीमा कम्पनीहरूले एक अर्ब १९ करोड ६९ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा प्रोटेक्भि माइक्रो इन्स्योरेन्सले सर्वाधिक बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस कम्पनीले समिक्षा अवधिमा ३४ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले यस अवधिमा २९ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। तेस्रोमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले २८ करोड ५३ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी ट्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि आफ्नो बीमा व्यवसायलाई फैलाउँदै २७ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*