तीन लघुवित्त गाभ्ने अन्तिम तयारीमा, स्वाप रेसियो तय

१२ असार २०८३, शुक्रबार ०७:३९

काठमाडौं । तीन लघुवित्त गाभ्ने अन्तिम तयारीमा पुगेको छ ।जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले एक आपसमा मर्जरको लागि स्वाप रेसियो तय गरेका छन् ।

जीवन विकास लघुवित्तको हिजो असार १० गते सम्पन्न विशेष साधारणसभाले स्वाप रेसियो पारित गरेको हो।

सम्झौता अनुसार जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्न लागेको हो । सो को लागि जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तको शेयर आदान प्रदान अनुपात क्रमशस् १स्१स्०।८१ रहेको छ ।

यो भनेको मर्जरपछि बन्ने कम्पनीमा जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तका लगानीकर्ताको शेयर संख्या घटबबढ हुने छैन । तर मानुषी लघुवित्तका लगानीकर्ताले भने आफुसँग भएको शेयरको ८१ प्रतिशत मात्र शेयर पाउने छन्। अर्थात् मानुषी लघुवित्तमा १०० कित्ता शेयर हुने लगानीकर्ताले मर्जरपछि बन्ने कम्पनीमा ८१ कित्ता मात्र शेयर पाउने छन् ।

जीवन विकास लघुवित्तको केन्द्रीय मोरङ्गको कटहरीमा रहेको छ भने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुरमा रहेको छ। त्यस्तै मानुषी लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहेको छ ।

हाल जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोड रहेको छ भने युनिक नेपाल लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख रहेको छ। त्यस्तै मानुषी लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख रहेको छ । मर्जर पछि बन्ने कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ पुग्ने छ ।

सुरुमा गत चैत्र १४ गते जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता भएको थियो । पछि चैत्र २८ गते सोहि मर्जरमा मानुषी लघुवित्त पनि मर्ज हुने गरि त्रिपक्षिय सम्झौता भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*