पोखरा र समृद्धि फाइनान्स मर्ज, असार २६ गतेबाट एकीकृत कारोबार
१२ असार २०८३, शुक्रबार १०:२१

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आपसमा मर्ज भएका छन् भने असार २६ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन्।
मर्जरपछि ‘पोखरा फाइनान्स लिमिटेड’ नामबाट असार २६ गतेदेखि एकीकृत कारोबार गरिने कम्पनीले जानकारी दिएको छ। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय साविकको समृद्धि फाइनान्स रहेको स्थान काठमाडौंको पुतलीसडकमा रहनेछ।
एकीकृत कारोबारका लागि असार २५ गते एक दिनका लागि दुवै संस्थाको सम्पूर्ण सेवाहरू बन्द रहनेछन् भने २६ गतेबाट शेयर कारोबार रोक्का रहनेछ। समृद्धि फाइनान्सका सम्पूर्ण सम्पत्ति र दायित्व पोखरा फाइनान्सले सकार्ने गरी मर्जर सहमति भएको थियो।











