फरवार्ड माइक्रोफाइनान्सले शेयर संरचना परिवर्तन गर्ने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ।
कम्पनीमा हाल संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारण शेयर स्वामित्व ३० प्रतिशत रहेकोमा संस्थापकतर्फको १० प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्न लागेको हो।
यसअनुसार अब संस्थापक शेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण शेयरधनीको स्वामित्व ४० प्रतिशत हुने भएको छ। यदि कुनै संस्थापक शेयरधनीले आफ्नो संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहेमा १५ दिनभित्र केन्द्रीय कार्यालयमा लिखित निवेदन दिन आग्रह गरेको छ।
उक्त अवधिभित्र संस्थापक शेयरधनीबाट सर्वसाधारण समूहमा शेयर परिवर्तन नगर्ने भनी निवेदन प्राप्त हुन नआएमा संस्थापक शेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम प्रकृया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।











