स्नो रिभर्सको पहिलो कारोबार कतिमा भयो ?
१२ असार २०८३, शुक्रबार १०:५९

काठमाडौं । स्नो रिभर्स लिमिटेडको शेयरको दोस्रो बजारमा पहिलो कारोबार सम्पन्न भएको छ। शुक्रबार स्पेशल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९८ रुपैयाँ ७० पैसामा भएको हो।
कम्पनीको शेयर यसअघि असार ११ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो। सूचीकरणपछि पहिलो पटक कारोबारका लागि स्पेशल प्रि–ओपन सेसनमा प्रवेश गरेको कम्पनीको शेयर निर्धारित ओपनिङ मूल्य दायराभित्र कारोबार भएको हो।
नेप्सेमा कम्पनीका कुल ९३ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत भएका छन्। यसमध्ये सर्वसाधारणलाई निष्कासन गरिएको १८ लाख ७५ हजार कित्ता र संस्थापक समूहको स्वामित्वमा रहेको ७५ लाख कित्ता शेयर समावेश छन्।











