आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
१२ असार २०८३, शुक्रबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से २ अंकले घटेर बन्द भएको छ। आज ७७ लाख २४ हजार २१३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ४० लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।
आज ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७, ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८४/८५, ८.५% नेपाल बैंक डिबेन्चर, आँखुखोला जलविद्युत कम्पनी र सिटी होटल लिमिटेडको सर्वाधिक शेयर किनबेच भएको छ।
त्यसपछि ८.५% बीओके डिबेन्चर २०८६, रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड, सोपान फर्मास्युटिकल्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र शिवम् सिमेन्ट लिमिटेडको शेयर अधिक मात्रामा किनबेच भएको छ।












