राष्ट्रिय जीवन कम्पनीको नयाँ बोनसदर घोषणा, प्रत्येक बर्ष बोनस घट्दै

१४ असार २०८३, आईतवार ०७:५०

काठमाडौं । राष्ट्रिय जीवन कम्पनीले आर्थिक बर्ष २०८३ / २०८४ को लागि नयाँ बीमालेखको बोनसदर घोषणा गरेको छ । कम्पनीको बोनसदर प्रत्येक बर्ष ५ रुपैयाँको दरले घट्दै गएको देखिएको छ ।

हाल कम्पनीले नयाँ बोनसदर अनुसार कम्पनीले सबै बीमा योजनाको सबै बीमा अवधिमा समान ५० रुपैयाँ बोनस प्रति हजारका दरले दिने भएको छ। गत बर्षको तुलनामा सबै बीमा अवधिमा बोनसदर ५ रुपैयाँले घटेको छ । गत बर्ष कम्पनीको बोनसदर ५ रुपैयाँ निधारण गरिएको थियो।

यस अघि आर्थिक बर्ष २०८२र८२ मा कम्पनीको बोनसदर सबै बीमा योजनामा समान ६० रुपैँया रहेको थियो । प्रत्येक बर्ष ५ रुपैँया प्रति बोनसदर घटेको देखिएको छ । कम्पनीको पुरानो हिसाब राफसाफमा समस्या देखिएको कारण घाटा रिक्भरी गर्न कम्पनीले यस्तो गरेको प्राधिकरणको स्रोतले जनाएको छ ।

यस कम्पनीको आ.व. २०७३/ २०७४ देखि २०७५/७६ सम्मको आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्क प्रतिवेदन नियामकिय निकाय नेपाल बीमा प्राधिकरणका २०८२ पुस २९ गतेको पत्र अनुसार (२०८२/८३ )बाट स्वीकृत भएको छ ।

कम्पनीले संचालनमा ल्याएको मुनाफामा शरीक हुने (बोनस आर्जन गर्ने गरी जारी गरिएका सबै किसिमका जीवन बीमालेखहरु अन्तर्गत आ.व. २०८३ / २०८४ का लागि प्रति वर्ष प्रति हजार बीमाङ्कमा उल्लेखित बोनस दर निर्धारण गरिएको छ ।
साथै कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनसदर यही बमोजिम कायम गरिएको पनि जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*