भेनेजुएलामा भूकम्पपछिको ३२ घण्टापछि नवजात शिशुको जीवित उद्धार

१४ असार २०८३, आईतवार ०८:०४

काठमाडौं । उत्तरी भेनेजुएलाबाट भग्नावशेषमुनिबाट एक नवजात शिशुलाई भूकम्पपछिका ३२ घण्टापछि पनि जीवितै उद्धार गरेका छन।

स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरी भेनेजुएलाको ला ग्वाइरा क्षेत्रमा भत्किएको भवनको भग्नावशेषमुनि फसेका करिब १८ दिनको शिशुलाई अमेरिकी खोज तथा उद्धार टोलीले जीवितै उद्धार गरेको हो ।

भिडियोमा उद्धारकर्मीहरूले शिशुलाई सावधानीपूर्वक बाहिर निकालेको देखिन्छ । त्यसपछि ती शिशुलाई उपचारका लागि पठाइएको थियो ।

शिशुको उद्धारको केही समयपछि उनकी आमालाई पनि जीवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भूकम्पपछि करिब ३२ घण्टासम्म भग्नावशेषमुनि रहे पनि शिशु र आमाको अवस्था स्थिर रहेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*