कालिमाटीका लौका, काउली र आलुमा अत्यधिक विषादी, नष्ट गर्न निर्देशन
१४ असार २०८३, आईतवार १३:५९

काठमाडौं । विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाईले कालिमाटी फलफूल तथा तरकारी बजारमा अनुगमन गर्ने क्रममा लौका, काउली र आलुमा अत्यधिक विषादी प्रयोग गरेको भेटिएको छ।
प्रयोगशाला एकाइबाट असार १२ गते विषादी अवशेष परीक्षण गर्ने क्रममा उक्त तरकारीमा विषादी भेटिएका हुन्। धादिङको गजुरी गाउँपालिकामा उत्पादन गरी कृष्ण बहादुर धितालले बेच्न राखेको लौकामा विषादी भेटिएको छ।
त्यसैगरी मकवानपुरको थाहा नगरपालिकामा उत्पादन गरी रामेश्वर प्रसाद कानुले बिक्री गरिहेको काउली र सल्यानमा उत्पादन गरी कालिमाटीमा ल्याएर भरत प्रसाद अर्यालले बेचिरहेको आलुमा अत्यधिक मात्रामा अर्गानोफस्फेट नामक विषादी भेटिएको हो। यी तीन वटै तरकारी खान योग्य नभएकाले विसर्जन गर्न निर्देशन दिएको छ।












