जेठमा नेपाल प्रहरीद्वारा ८७ करोड राजस्व संकलन, ट्राफिक कारवाहीबाटै १२ करोड

१५ असार २०८३, सोमबार १०:५४

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को जेठ महीनामा मात्रै नेपाल प्रहरीले ८६ करोड ९८ लाख १९ हजार ८४४ रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार छलीको सामानबाट सर्वाधिक ४१ करोड ३७ लाख ३७ हजार ९१३ रुपैयाँ, अदालती फैसला कार्यान्वयनबाट २३ करोड ४४ लाख ४३ हजार ८९१ रुपैयाँ र ट्राफिक कारवाहीबाट १२ करोड ९ लाख १० हजार १३१ रुपैयाँ राजस्व उठेको छ।

त्यसपछि श्रोत नखुलेको रकम बरामद गरेर ३ करोड ५९ लाख ३८ हजार ६१० रुपैयाँ, अवैध सुनचाँदी बरामदबाट २ करोड ७५ हजार ८४३ रुपैयाँ, अवैध विदेशी मुद्रा बरामदबाट १ करोड ४० लाख ३१ हजार ३४७ रुपैयाँ, अवैध काठ बरामदबाट १ करोड २२ लाख ७६ हजार ९४३ रुपैयाँ राजस्व संकलन भएको छ।

त्यसैगरी अवैध नदिजन्य पदार्थ उत्खनन गर्नेबाट ८१ लाख ८९ हजार ६ रुपैयाँ, अवैध पशुपन्छी ओसारपसार नियन्त्रणबाट ५४ लाख २१ हजार १६० रुपैयाँ र हुण्डी कारोबारीबाट ४७ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको नेपाल प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*