जन्मदिनको अवसरमा धर्मपत्नीलाई २५ लाखको आइएमई लाइफको बीमा पोलिसी उपहार

काठमाडौँ । आफ्नो जीवनसाथीप्रतिको माया, जिम्मेवारी र भविष्यको सुरक्षालाई प्राथमिकता दिँदै आइएमई लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर कृष्ण कुमार श्रेष्ठले आफ्नी धर्मपत्नी पुष्पा श्रेष्ठलाई जन्मदिनको अवसरमा २५ लाख रुपैयाँ बराबरको आइएमई लाइफको जीवन बीमा उपहार प्रदान गरेका छन्।
जन्मदिनजस्तो विशेष दिनलाई अझ अर्थपूर्ण बनाउने उद्देश्यका साथ श्रेष्ठले जीवन बीमालाई उपहारका रूपमा रोजेको बताइएको छ। उनका अनुसार यो उपहारले केवल जन्मदिनको खुसी मात्र नभई परिवारको आर्थिक सुरक्षा, दीर्घकालीन योजना र सुरक्षित भविष्यप्रतिको सकारात्मक सोचलाई समेत प्रतिबिम्बित गरेको छ।
श्रेष्ठले जीवन बीमा केवल आर्थिक योजना मात्र नभई परिवारप्रतिको माया, जिम्मेवारी र भरोसाको प्रतीकसमेत भएको उल्लेख गर्दै जीवनको हरेक यात्रामा आर्थिक सुरक्षा महत्वपूर्ण रहने सन्देश दिएका छन्। उनले जीवनमा आइपर्न सक्ने अनिश्चित परिस्थितिबाट परिवारलाई सुरक्षित राख्न जीवन बीमाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।











