नेको इन्स्योरेन्स, एनएमबि बैंक र सुपर माई हाइड्रोपावरको बोनस शेयर सूचीकृत
१५ असार २०८३, सोमबार १६:२२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज नेको इन्स्योरेन्स लिमिटेड, एनएमबि बैंक लिमिटेड र सुपर माई हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ।
नेको इन्स्योरेन्सको ३ प्रतिशत बोनस शेयर बापत ८ लाख ७ हजार ४६० कित्ता, एनएमबि बैंकको ५ प्रतिशत बोनस शेयर बापत ९१ लाख ८३ हजार ३५३.९८ कित्ता र सुपर माई हाइड्रोपावरको २० प्रतिशत बोनस शेयर बापत १० लाख ७० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।











