प्रथम जन्मोत्सवमा बुबाबाट सन्तानलाई ५० लाखको बीमा उपहार
१५ असार २०८३, सोमबार १८:५०

काठमाडौँ । मेचीनगर–७ निवासी रिस्ता घिमिरे र रिदम घिमिरेको प्रथम जन्मोत्सवको अवसरमा बुबा अहेब विष्णु घिमिरेले आफ्ना सन्तानलाई ५० लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिएका छन् ।
उक्त अवसरमा रिस्ता मेडिकलकी सञ्चालिका पुनम घिमिरे, आईएमई लाइफका शाखा प्रबन्धक तथा काकरभिट्टा शाखाका एजेन्सी टिमको सहभागितामा बीमा पोलिसी हस्तान्तरण गरेका थिए ।
बालबालिकाको भविष्य सुरक्षित बनाउने उद्देश्यले गरिएको यो बीमा उपहारले शिक्षा, स्वास्थ्य तथा दीर्घकालीन आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
प्रथम जन्मदिन जस्तो विशेष अवसरमा गरिएको यस्तो दूरदर्शी निर्णयले समाजमा सकारात्मक सन्देश दिएको छ।











