आज सातै प्रदेशमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौमस विज्ञान विभाग अन्तर्गतको मौमस पूर्वानुमान महाशाखाका अनुसार आज सातै प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ। आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थानमा, कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका धेरै स्थानमा र मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी पहाडी भू–भाग तथा सुदुरपश्चिम प्रदेशका प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा कर्णाली सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी र तराई भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
त्यस्तै कोशी प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थानमा, तथा गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।
भोलि बुधबार मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू– भाग एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ भने पर्सि बिहीबार देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।












