हेटौंडामा गाडी दुर्घटना, ६ जना घाइते

१६ असार २०८३, मंगलवार १६:२६

काठमाडौं । महेन्द्र राजमार्गअन्तर्गतको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चोकप्वाइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र ०६–००१ ज ०४६९ नम्बरको विद्युतीय गाडी मंगलबार दिउँसो दुर्घटनामा परेको हो। अचानक जंगली जनावर बाटो काट्न आएपछि जनावरलाई जोगाउने क्रममा गाडी चिप्लिएर सडकको बाँयातर्फ पल्टिएको प्रहरीले बताएको छ।

गाडीमा चालक सहित ८ जना यात्रु सवार रहेकामा ६ जना घाइते भएका छन्। घाइते भएकालाई उद्धार गरी हेटौंडा अस्पतालमा ल्याइएको छ। गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*