इन्धनको मूल्य घटाउने सरकारको निर्णय, कुनमा कति घट्यो ?

१७ असार २०८३, बुधबार ०७:३१

काठमाडौं । सरकारले गएरातिदेखि लागु हुनेगरी इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । नेपाल आयल निगमले आज बुधबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाउने निर्णय गरेको हो ।

नयाँ मूल्यसूचि अनुसार पेट्रोल प्रतिलिटर १९४–१९७ रुपैयाँ, डिजेल प्रतिलिटर १९२–१९५ रुपैयाँ र हवाई इन्धन २२९ रुपैयाँ कायम भएको छ । हाल २१७ रुपैयाँ प्रतिलिटर तिर्ने काठमाडौंका उपभोक्ताले अब १९७ रुपैयाँमा पेट्रोल पाउनेछन् । मध्यपूर्वमा युद्ध सुरुहुनु अघि इन्धनको मूल्य प्रतिलिटर १५६ रुपैयाँ थियो । अझै २० प्रतिशत भन्दा बढि इन्धनको मूल्य घट्न बाँकी छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च गिरावट आइसक्दा पनि नेपालमा भने इन्धनको मूल्य घटाउन आनाकानी गरिएको थियो । ब्रमहलूट मच्चाएर नाफा कमाउन पल्केको एकाधिकार प्राप्त नेपाल आयल निगमनले अझै अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको अनुपातमा मूल्य घटाएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार (असार १७) राति १२ः०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य यसअघि नै घटिसकेको थियो ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन प्रतिलिटर २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य पनि घटेर आएको निगमले जनाउँदै सोही अनुसार मूल्य समायोजन गरिएको जनाएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ । इन्धनको मूल्य घटाउन सरकारले आनाकानी गरेको समाचारहरु प्रकाशित भएपछि सामाजिक सञ्जालमा पनि सरकारको आलोचना भइरहेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*