प्रहरी बनेर हत्कडी लगाई लुटपाट गर्ने चारजना पक्राउ

१७ असार २०८३, बुधबार ११:२९

काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं धापासी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय राम शरण दमाई, काठमाडौं टोखा नगरपालिका–१ बस्ने ३८ वर्षीय सविन खवास, काठमाडौं गौरीघाट बस्ने पर्सा ठोरी गाउँपालिका–४ घर भएकी ४३ वर्षीया लक्ष्मी गोले र काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका–५ घर भएका ४६ वर्षीय शेर बहादुर मोक्तान रहेका छन् ।

शेर बहादुरको कोठामा पीडितलाई असार ९ गते ५/६ जना समूहमा आएका मानिसहरूले प्रहरी हौं भनि डर त्रास देखाई धाक धम्की दिई हतकडी लगाई १० लाख ९५ हजार रूपैयाँ, मोबाइल र बैंकको चेकहरू डाँका चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट नगद २ लाख रूपैयाँ समेत बरामद गरेको छ । उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*