धोबीखोलामा एक महिलाले फालिन् हाम, खोजीमा प्रहरी
२५ असार २०८३, बिहीबार १७:३८

काठमाडौं । काठमाडौंको धोबीखोलामा एक महिलाले हाम फालेपछि उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
प्रहरीका अनुसार बिहीबार कालोपुल र रातोपुलबीचको धोबीखोलामा करिब ३५ वर्षीया एक महिलाले खोलामा हाम फालेकी हुन्।
घटनास्थलमा रहेका व्यक्तिहरूबाट प्राप्त सूचनाका आधारमा प्रहरी टोली तत्काल परिचालन गरिएको छ। महिलाले सेतो टिसर्ट लगाएकी र कम्मरमा गुलाबी (पिंक) रंगको ज्याकेट बाँधेकी थिइन्।
हाल प्रहरी टोलीले धोबीखोला आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेको छ। घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
समाचार तयार पार्दासम्म ती महिलाको अवस्था र पहिचान खुलेको छैन।











