एशियन लाइफद्वारा बीमितको परिवारलाई १३ लाख रुपैयाँ दाबी भुक्तानी

२५ असार २०८३, बिहीबार १७:४९

काठमाडौं । वैदेशिक रोजगार बीमा अन्तर्गत एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक बीमितका परिवारलाई १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

रसुवाको उत्तरगया गाउँपालिका–२ निवासी कुलबहादुर तामाङले सन् २०२४ डिसेम्बर ३१ मा वैदेशिक रोजगार बीमा अन्तर्गत ३ हजार ७०८ रुपैयाँ बीमाशुल्क तिरेर बीमा गरेका थिए। वैदेशिक रोजगारीका लागि विदेश गएको केही समयपछि उनी बिरामी परेका थिए।

नेपाल फर्किएर उपचार गराउँदा उनलाई रक्त क्यान्सर भएको पुष्टि भएको थियो। उपचारकै क्रममा २०२६ अप्रिल २१ मा उनको निधन भएको थियो। उनकी श्रीमती रेनुका तामाङले दाबी भुक्तानीका लागि निवेदन दिएपछि कम्पनीले बीमा दाबी स्वीकृत गर्दै १३ लाख रुपैयाँ भुक्तानी गरेको हो।

एक कार्यक्रमका बीच एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नुवाकोट शाखा प्रबन्धक मुकुन्द कोइरालाले रेनुका तामाङलाई १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बीमाले जोखिम बहन गर्नुका साथै बचतको अवसर पनि प्रदान गर्ने भएकाले सबैले आफ्नो आवश्यकता अनुसार बीमा गर्नुपर्नेमा जोड दिइएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*