हिमालयन पावर पार्टनरको हकप्रद शेयर नेप्सेमा सूचीकृत

२६ असार २०८३, शुक्रबार १०:१९

काठमाडौं । हिमालयन पावर पार्टन लिमिटेडले साविकका शेयरधनीहरूमा निष्काशन गरी बाँडफाँड गरेको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ।

बिहीबार नेप्सेमा ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो। कम्पनीले साविक शेयरधनीहरूका लागि १ः०.५० को अनुपातमा ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा ४८ लाख ५८ हजार ३४५ कित्ता शेयर बिक्री भएको थियो। बाँकी बसेको शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*