पोखरा र समृद्धि फाइनान्सको मर्जरपछि आजदेखि एकीकृत सेवा सुरु

२६ असार २०८३, शुक्रबार १०:३०

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको गाभ्ने–गाभिने प्रक्रिया पूरा भएपछि आज (शुक्रबार)देखि एउटै संस्थाका रूपमा वित्तीय सेवा सञ्चालनमा आएको छ।

मर्जरपछि संयुक्त संस्थाले ‘पोखरा फाइनान्स लिमिटेड’ कै नामबाट कारोबार अघि बढाएको हो। आवश्यक नियामकीय प्रक्रिया पूरा भएसँगै नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि एकीकृत कारोबार सुरु गरिएको जनाइएको छ।

मर्जरसँगै समृद्धि फाइनान्सका सम्पूर्ण सम्पत्ति, दायित्व, कर्जा, निक्षेप तथा अन्य कानुनी जिम्मेवारी अब पोखरा फाइनान्सले नै वहन गर्नेछ। संयुक्त संस्थाको मुख्य कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित कार्यालयबाट सञ्चालन हुनेछ।

यता, मर्जर कार्यान्वयनसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुवै संस्थाको सेयर कारोबार अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*