बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

२६ असार २०८३, शुक्रबार ११:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ६० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत ९१ दिनका लागि निक्षेप संकलनमार्फत उक्त रकम उठाउन लागेको हो। यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल (बिडिङ) प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंकका अनुसार न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन पाउनेछन्। संकलित रकमको साँवा तथा ब्याज आगामी असोज २६ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*