गणेश नेपालीको मृत्युपछि गृहमन्त्रीले बोलाए प्रमुख प्रशासकीय अधिकृत, प्रहरी प्रमुख र डंगोल

२६ असार २०८३, शुक्रबार १४:४२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि घटनाबारे जानकारी लिन काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, महानगर प्रहरी प्रमुख र कार्यवाहक मेयर सुनिता डंगोललाई बोलाएका छन्।

मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका नेपालीको स्वास्थ्य अवस्था निरन्तर जटिल बन्दै गएपछि उपचारकै क्रममा उनको निधन भएको हो।

चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकेपछि उपचारकै क्रममा मृत्यु भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*