शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
२६ असार २०८३, शुक्रबार १५:१४

काठमाडौँ । शेयर बजार सुस्त बन्दै गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.१३ अकंले घटेर २६००.७८ बिन्दुमा कायम भएको हो ।
आज ३६७ कम्पनीको १ करोड ६ लाख ६० हजार कित्ता शेयरकिनबेच हुँदा ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । शुक्रबार १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको घटेको छ । १९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
यसदिन आत्मनिर्भर लघुवित्तको १०.६६ प्रतिशत, कुमारी इक्वाटी फण्डको ९.०९ प्रतिशत, कालंगा हाइड्रोपावरको ६.९२ प्रतिशत, सानिगाड हाइड्रोको ६.१५ प्रतिशतले शेयर मूल्य बढेको छ ।












