नेपाल लाइफको बोनस शेयर डिम्याट खातामा जम्मा

२१ श्रावण २०८३, बिहीबार ०८:३१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत पुस १९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ ।

कम्पनीको उक्त साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत बोनस शेयर पारित गरेको थियो । उक्त बोनस शेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा दर्ता तथा सूचीकृत भई कारोबार हुने व्यवस्था समेत भइसकेको छ ।

कम्पनीले पुस ७ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई लिखतमा रहेका शेयरधनीहरूको डिम्याट खातामा बोनस शेयर पठाएको हो । साथै पुस ६ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीको हकमा ऋण दिने संस्थाको नाममा रोक्का जनाइएकाले कर्जा चुक्ता भएपछि सम्बन्धित संस्थामा सम्पर्क गरी बोनस शेयर फुकुवा गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*