लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, कति दियो ?

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८२/८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ ।
बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभाशं (कर समेत) घोषणा गरेको हो । उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको २० औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात् शेयरधनीहरुले प्राप्त गर्नेछन् । गत वर्ष बैंकले बोनस शेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।
बैंकको मिति २०८३ साउन २२ गते शुक्रबार दिनको ४ बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ४१९ औं बैठकले उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।











