नेको इन्स्योरेन्सको सञ्चालकमा मिन राज पोखरेल नियुक्त

२५ श्रावण २०८३, सोमबार ०९:५०

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा मिन राज पोखरेल नियुक्त भएका छन् ।

कम्पनीका संस्थापक शेयरधनी कृषि विकास बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रताव सुवेदीले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टा बाँकी कार्यकालका लागि मिन राज पोखरेललाई मनोनीत गरी पठाइएको थियो ।

तत्पश्चात् नेको इन्स्योरेन्सको साउन २० गते साँझ ५ बजे बसेको सञ्चालक समितिको ५०८औं बैठकले मिन राज पोखरेलको नियुक्ति समर्थन गरी सोही दिनबाट पोखरेलले पदबहादली समेत गरेको कम्पनी सचिव गणेश लम्सालले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*