सिटिजन लाइफको ३ करोड ५७ लाख कित्ता शेयरको लकइन अवधि भदौमा सकिने
२७ श्रावण २०८३, बुधबार ०७:५७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ५७ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि आउँदो भदौमा सकिने भएको छ।
कम्पनीको संस्थापक शेयरधनीहरूको ३ करोड ५० लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँड गरिएको ७ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि भदौ २७ गतेबाट सकिने भएको हो।
आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीतर्फको शेयर लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम उक्त शेयरहरू लकइनमा छन्। लकइन अवधि सकिएसँगै शेयर कारोबार गर्न सकिनेछ।











