वित्तीय विवरणमा झल्कियो प्रभु महालक्ष्मी लाइफको प्रगतिः मुनाफा साढे ३७ करोड, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको हो ।
चौथो त्रैमाससम्मको अवधिमा कम्पनीले ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्ने सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको जीवन बीमा कोष ३२ प्रतिशतले बढेर १८ अर्ब ३६ करोड ८१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त कोष १३ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।
महाविपत्ती कोषमा १४ करोड ८५ रुपैयाँ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त कोष ३३.८५ प्रतिशतले बढी हो ।

कम्पनीको चुक्तापूँजी ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको भने जगेडा कोषमा ४२ करोड ८२ लाख रुपैयाँ सञ्चित रहेको छ ।
कम्पनीकोे प्रतिशेयर आम्दानी १९ पैसा घटेर ७ रुपैयाँ ८ पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ५८ पैसा रहेको छ ।











