नेपाल इन्स्योरेन्सको सञ्चालकमा दीपेन्द्र राज काफ्ले नियुक्त
१५ भाद्र २०८३, सोमबार १०:०८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको सदस्यमा दीपेन्द्र राज काफ्ले नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले संस्थापक शेयरधनी नेपाल बैंकबाट प्रतिनिधित्व गर्दै आएका होम बहादुर खड्काको सट्टा उक्त बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्लेलाई सञ्चालक समितिको सदस्य पदमा नियुक्त गरिएको हो।









