कन्याममा आइएमई लाइफ सनराइज ग्रुपको एजेन्सी रिफ्रेसमेन्ट तथा अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौँ । आइएमई लाइफ सनराइज ग्रुपको आयोजनामा इलामको पर्यटकीय स्थल कन्यामस्थित शेर्पा–२ होटलमा दुईदिने “एजेन्सी रिफ्रेसमेन्ट तथा अवार्ड कार्यक्रम–२०८३” सम्पन्न भएको छ। भदौ १३ र १४ गते सञ्चालन भएको उक्त कार्यक्रमको अध्यक्षता आइएमई लाइफ सनराइज ग्रुपका संस्थापक बुद्धिसागर ढुंगेलले गरेका थिए ।
कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुखमिलन दाहाल प्रमुख अतिथिका रूपमा तथा सहायक प्रदेश प्रमुख महेन्द्र तिम्सिना विशेष अतिथिका रूपमा सहभागी भएका थिए। त्यस्तै, विर्तामोड शाखा प्रमुख शवकुमार पौडेल, कर्पोरेट सेल्सका गगन सिटौला र बिएसए शितल खनाल अतिथिका रूपमा उपस्थित थिए ।
श्रीप्रसाद नेपालले सञ्चालन गरेको कार्यक्रममा डम्बर दर्नालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको पहिलो दिन गत आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने तथा विभिन्न क्लबहरू हासिल गर्ने २० जना लिडरहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा गत आर्थिक वर्षमा सेल्फ कोडतर्फ उत्कृष्ट व्यवसाय गर्ने तीन जना अभिकर्तालाई ट्रफी प्रदान गरिएको थियो। जसमा प्रथम खड्ग बहादुर खड्का, द्वितीय प्रकाश दाहाल र तृतीय डम्बर दर्नाल गरेका थिए। विशेष अतिथि महेन्द्र तिम्सिनाले सहभागीहरूका लागि विशेष उत्प्रेरणा कक्षा सञ्चालन गरेका थिए ।
साँझ डिनरसहित विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एमडिआरटि फुर्तेन्जी शेर्पाको विशेष गायन प्रस्तुतिले सहभागीहरूमा थप उत्साह र ऊर्जा प्रदान गरेको थियो।
कार्यक्रमको दोस्रो दिन आइएमई लाइफका नेपाल टप एमडिआरटि नगेन्द्र श्रेष्ठ तथा कम्पनीकी प्रथम एमडिआरटि मिना गुरुङ श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा एजेन्सी करियर, व्यवसाय वृद्धि लगायतका विषयमा नगेन्द्र श्रेष्ठले विशेष प्रस्तुति दिएका थिए । त्यसपछि सहभागीहरूबीच प्रोडक्ट प्रेजेन्टेसन वर्कसप सञ्चालन गरिएको थियो।
उक्त वर्कसपको सहजीकरण कोशी प्रदेश प्रमुख मिलन दाहाल, विर्तामोड शाखा प्रमुख केशवकुमार पौडेल र कर्पोरेट सेल्सका गगन सिटौलाले गरेका थिए । दुई दिनसम्म चलेको कार्यक्रमले अभिकर्ता तथा लिडरहरूबीच आपसी सम्बन्ध, सिकाइ, उत्प्रेरणा र व्यवसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।
कार्यक्रमको समापनसँगै आगामी आर्थिक वर्षमा ५ करोड रुपैयाँ बराबरको व्यवसाय गर्ने लक्ष्य निर्धारण गरिएको छ। सहभागीहरूले सामूहिक प्रतिबद्धतासहित आगामी दिनमा अझ उत्कृष्ट व्यवसायिक परिणाम हासिल गर्ने संकल्प गरेका छन्।









