‘बीमा जनताको सेवा गर्ने अर्को माध्यम रहेछ’: सुनिल श्रेष्ठको बीमायात्रा

सुनिल श्रेष्ठ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छन् ।रुपन्देही जिल्लाको बुटवल उप–महानगरपालिका–६ मा जन्मिएका सुनिल यतिबेला सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छन् । सिटिजन लाइफकोे उत्कृष्ट बोनसदर, पर्याप्त तालिमबाट दीक्षित सुनिल छोटो अवधिमै उत्कृष्ट एजेन्सीका साथै बीमा सचेतना फैलाउन निकै सफल भएका छन् ।
सानैदेखि आफ्नै व्यवसाय सञ्चालन गरेको अनुभवको उपयोगबाटै सुनिलले अभिकर्ता पेशामा आबद्ध भएको केही समयमै लोभलाग्दो प्रगति गर्न सफल भएका हुन् ।
नेपालको राजधानी पछिको दोस्रो व्यस्त सहर बुटवलमा ‘सत्यवती फ्रुट्स एण्ड भेजिटेवल्स सप्लायर्स’ सञ्चालन गर्दै आएका उनी एक सफल र क्षमतावान विजनेसम्यानको परिचय बनाएका छन् । आर्थिक रुपले पनि आफ्नै व्यवसायबाट राम्रो आम्दानी गरिरहेका सुनिलले बीमा व्यवसायबाट आर्थिक आम्दानीका साथै आत्मसन्तुष्टि कमाएका छन् ।
आफ्नै व्यवसायमा मस्त बनेका सुनिल शूरुमा जीवन बीमाप्रति त्यति सकारात्मक थिएनन् । उनकी श्रीमती सिटिजन लाइफमा एजेन्सी बनेर काम गरिरहेकी थिईन् । जीवन बीमाप्रति सकारात्मक हुन नसकेका सुनिलले जब जीवन बीमाबारेमा राम्रोसँग बुझ्ने र यसबाट जनताले पाउने फाइदाबारे बुझेपछि अब जनताको सेवा गर्ने अर्को माध्यम जीवन बीमा रहेछ भन्दै बीमातर्फ उनका पाइला अघि बढेका छन् ।
‘म खासै शुरुमा जीवन बीमाप्रति त्यति सकारात्मक थिएन् । मेरो श्रीमतीले मलाई यो पेशामा आवद्द हुन प्रेरणा दिइन एकदिन पोलिसी नविकरणको क्रममा म कार्यालय गएको थियं श्रीमतिले मलाई तालिममा बस्न लगाइन् र मैले यसबारे धेरै बुझ्ने माका पाए र सबै मनमा रहेका नकारात्मक धारणा सकिएपछि अभिकर्ता पेशालाई आंगालेको थिए ।’
आफ्नो श्रीमतीको कामको तारिफ गर्दै उनले भने, ‘मेरो श्रीमती एकदमै जिम्मेवार छ । चलाख छ । गाउँ समाजमा एक सक्षम नारीको रुपमा आफ्नो परिचय बनाएको छ ।’ उनले थपे, ‘मलाई नविकरणको बाहाना बनाएर अभिकर्ताबारे बुझाउँन र अभिकर्ता बनाउँन जाल बुनेको कुरा बताइन् र मलाई पछि यो कुरा सुन्दा एकदमै रमाइलो लागेको थियो । जसरी भएनी मैले यसबारे जानेर आफ्नो जीवनमा कसैको भलो गर्ने मौका पाए ।’
व्यवसायीक पहुँच र अनुभवले भरीपूर्ण सुनिललाई बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने भित्री डर त थियो नै तर त्योभन्दा ठूलो आँट, विश्वास र सफल भएरै छाड्ने दृढता पनि उत्तिकै थियो । त्यही दृढताले आज उनलाई सिटिजन लाइफको व्यवसायिक तथा टप एजेन्सीको परिचय बनाउन सहयोग पुर्याएको छ ।
जीवनमा आइपरेका हजारौं बाधा, अड्चनलाई आत्मसात् गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाका अभिकर्ता श्रेष्ठले जीवनको सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेका छन् । बीमा अभिकर्ता पेशा अँगाल्न जति सजिलो छ व्यवसायिक सफलता प्राप्त गर्न पनि त्यति नै अप्ठ्यारो छ र यस्ता अप्ठ्यारासँग जुध्न उनलाई सिटिजन लाइफ इन्स्योरेन्स र उनकी श्रीमतीले निकै सहयोग गरेकी छिन् ।
उनी सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर आमा बुवाको लागि एक असल छोरा र श्रीमातीका लागि एक असल तथा जिम्मेवार श्रीमान पनि बन्न सफल भएका छन् । ‘आफ्नो घरपरिवारसँग दुःख सुख बिताउँदै कसैको करकाप सहनु नपर्ने र कुनै लगानी गर्नु नपर्ने, स्वतन्त्र रूपले गर्न सकिने पेशा अभिकर्ता पेशा हो त्यसले नै मलाई यसमा आकर्षित बनाएको हो। यसमा साम दामका साथै इज्जत पनि छ ।’
घर परिवार र श्रीमतीको राम्रो साथ सहयोगले सिटिजन लाइफमा चम्किरहेका सुनिल अभिकर्ता पेशाप्रति गौरवान्वित महसूस गरेको अनुभव सुनाउँछन् । उनले तीन वर्षको अवधिमा दुई सयबढी मानिसहरुको बीमा गर्न सफल भएका छन् । उनले भने, ‘अभिकर्ताहरूले आम नागरिकलाई उनीहरूको क्षमता तथा आयस्रोतको मुल्यांकनका आधारमा बीमा पोलिसी बिक्री गर्न आवश्यक छ । एकचोटीको मात्र नभएर दीर्घकालीन सोचेर पोलिसी बेच्नु पर्छ ।’
आम नागरिकहरुलाई जीवन बीमाबारे राम्रोसँग सम्झाउन र बुझाउन सकेको खण्डमा उनीले जीवन बीमा गर्न राजि हुने गरेको उनी बताउँछन् । ‘गाउँ समाजमा जतिसुकै विकास भएपनि बीमाबारे अझै केही नकारात्मक धारणा रहेको छ । हामीले बीमाबारे सम्झाउँदा अनावश्यक कुरा भन्दापनि तथ्यगत रुपमा राम्रोसँग सिकाएको खण्डमा नागरिकहरु यसबारे सकारात्मक हुन्छन् । अहिले पैसा छैन् र भएको खण्डमा गर्छु भन्दै पैसा भएपछि बोलाएर समेत बीमा गरेका छन् ।’
सिटिजन लाइफ इन्स्योरेन्समा प्रवेश गरेसँगै सुनिलको जीवनमा आमूल परिवर्तन आएको छ । अभिकर्ता बनेसँगै आत्मविश्वास बढ्नुका साथै कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धासँग जुध्दै उनले बुटलव तथा देश–विदेशमा रहेका नागरिकहरूको बीमा गरेर उनीहरुको जीवनको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएका छन् ।
आउँदो दिनमा पनि अभिकर्ता पेशामै आवद्ध भएर नागरिकहरुको सेवामा तल्लिन रहने उनी सुनाउँछन् । देशभरी छरिएर रहेको सा–सानो रकम जीवन बीमाको माध्यमबाट संकलन गरी देश विकासमा महत्वपूर्ण भुमिका निर्वाहका साथै आउँदो दिनमा बीमा सचेतना अभियान सञ्चालन गरी अघि बढ्ने धारणा व्यक्त गरेका छन् ।











