सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशत छुट
८ आश्विन २०८३, बिहीबार ०७:२५

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित भएका बीमालेखहरु तोकिएको अवधिमा नवीकरण गरेमा त्यसमा लाग्ने ब्याजमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ।
कम्पनीका अनुसार नवीकरण नगरी व्यतित भएका बीमालेखहरु आज असोज ८ गतेदेखि असोज २६ गतेसम्म नवीकरण (पुनर्जागरण) गरेमा त्यसमा लाग्ने विलम्ब शुल्क (ब्याज) मा ७५ प्रतिशत छुट दिने भएको हो।
साथै यस्तो ब्याज छुट सुविधा व्यतित मितिबाट २ वर्ष ननाघेका बीमालेखहरुमा मात्र प्रदान गरिने र यस्तो छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्राप्त गर्न सकिनेछ। यसरी ब्याज छुटबाट नवीकरण भएका बीमालेख समर्पण (सरेण्डर) भएमा उक्त छुट कट्टा गरिने कम्पनीले जनाएको छ।










