शेयर बिक्रीसम्बन्धी व्यवस्था परिमार्जन, १५ प्रतिशत वा सोभन्दा बढी सेयर बेच्दा पाँच दिनअघि जानकारी दिनुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले सेयर बिक्री गर्ने प्रक्रियासम्बन्धी व्यवस्थामा परिमार्जन गरेको छ । बोर्डले धितोपत्र कारोबारलाई व्यवस्थित, प्रभावकारी तथा विश्वसनीय बनाउने उद्देश्यले यसअघि जारी गरेको निर्देशन संशोधन गरेको हो ।
बोर्डको नियमन विभागले सम्पूर्ण सूचीकृत कम्पनीलाई सम्बोधन गर्दै जारी गरेको पत्रअनुसार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि सम्बन्धित कम्पनीलाई पाँच कारोबार दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयरको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेको अवस्थामा पाँच दिनअगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था थियो । संशोधित व्यवस्थाले सेयर बिक्रीको पूर्वसूचना दिनुपर्ने सीमालाई बढाएर १५ प्रतिशत पुर्याएको छ ।
संशोधित निर्देशनअनुसार सम्बन्धित कम्पनीले सेयर बिक्रीसम्बन्धी सूचना प्राप्त गरेपछि त्यसको विवरण नेप्सेमार्फत सार्वजनिक गर्नुपर्नेछ । यस्तो सूचना सार्वजनिक गर्दा बिक्री गर्न लागिएको सेयरको विवरण, मूल्य तथा परिमाण उल्लेख











