लुम्बिनी विकास बैंकको ६० हजार कित्ता शेयर बिक्री गरेर बाहिरिँदै शेयरधनी पाण्डे

पाण्डेले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्न आवश्यक स्वीकृतिका लागि बैंकको सञ्चालक समितिसमक्ष निवेदन दिएका थिए। सोही निवेदनका आधारमा बैंकले इच्छुक संस्थापक शेयर धनीलाई सेयर खरिदका लागि अवसर प्रदान गरेको जनाएको छ।
बैंकका अनुसार शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयरको संख्या तथा आवश्यक विवरण उल्लेख गरी लिखित निवेदन पेस गर्नुपर्नेछ। निवेदन बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिदसम्बन्धी लिखित प्रस्ताव नआएमा प्रचलित व्यवस्था र प्रक्रियाअनुसार शेयर बिक्रीको थप प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।











