स्नो रिभर्सका अध्यक्ष मोहन बिक्रम कार्कीले दिए राजीनामा, नयाँ अध्यक्षमा दिपा राना मगर

२९ आश्विन २०८३, बिहीबार ११:०८

काठमाडौँ । स्नो रिभर्स लिमिटेडका सञ्चालक तथा सञ्चालक समितिका अध्यक्ष मोहन बिक्रम कार्कीले निजी व्यस्तताको कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले असोज २७ गते सञ्चालक तथा सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त राजीनामा स्वीकृत गरेको हो।

सोही बैठकले कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सञ्चालक दिपा राना मगरलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*