आज यी कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । आज बिहीबार नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ को विन्दुमा कायम भएको छ। यसदिन १ करोड ३६ लाख १० हजार ८९९ कित्ता किनबेच हुँदा ४ अर्ब ७० करोड ९२ लाख ८० हजार रुपैयाँ कारोबार भएको छ।
आज कुमारी बैंक, अपी पावर कम्पनी, घलेम्दी हाइड्रो, पिपुल्स हाइड्रोपावर कम्पनी, ग्रीन भेन्चर, ग्लोबल आइएमई बैंक, माउन्टेन इनर्जी नेपाल, मध्य भोटेकोशी जलविद्युत कम्पनी, सानिमा बैंक र रिडी पावर कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।











