अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
९ कार्तिक २०८३, सोमबार ०७:३६

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आउने क्रमले निरन्तरता पाएको छ । सोमबार सुनको मूल्य ६ अमेरिकी डलर अर्थात् ०.१५ प्रतिशतले घटेर प्रतिऔंस ४ हजार डलरभन्दा तल झरेको छ । पछिल्लो गिरावटसँगै सुनको मूल्य तीन महिनाभन्दा बढी समययताकै न्यूनस्तर नजिक पुगेको छ ।
मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव र यसै साता प्रमुख केन्द्रीय बैंकहरूले गर्ने ब्याजदरसम्बन्धी निर्णयलाई लगानीकर्ताले नजिकबाट नियालिरहेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यलाई अमेरिकी डलरको उतारचढाव, ब्याजदरको अपेक्षा र लगानीकर्ताको जोखिमप्रतिको धारणाले समेत प्रभाव पार्ने भएकाले आगामी दिनमा मूल्यको दिशा कस्तो रहन्छ भन्ने चासो बढेको छ ।











