गुडिरहेको टीभीएस एनटर्क स्कुटरमा अचानक आगलागी

११ कार्तिक २०८३, बुधबार १२:१३

काठमाडौं । स्याङ्जामा गुडिरहेको स्कुटरमा अचानक आगलागी हुँदा स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ। मंगलबार साँझ चापाकोटबाट वालिङतर्फ आउँदै गरेको स्कुटर वालिङ नगरपालिका–५, जगतभञ्ज्याङमा पुगेपछि एक्कासि आगो लागेको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार टीभीएस कम्पनीको एनटर्क १२५ सीसीको ग १६ प ६१४५ नम्बरको स्कुटरमा आगलागी भएको हो। स्कुटरमा आगो लागेपछि पूर्ण रूपमा जलेर नष्ट भए पनि चालक भने सकुशल रहेका छन्।

स्कुटर चालक चापाकोट नगरपालिका–९ का २१ वर्षीय मन्दिप विक सुरक्षित रहेको प्रहरीले जनाएको छ।

आगलागी हुनुको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*