स्नो रिभर्सको ४६ हजार ८७५ कित्ता शेयरको लक–इन अवधि मंसिर ११ मा सकिँदै

११ कार्तिक २०८३, बुधबार ०९:४५

काठमाडौं । स्नो रिभर्स लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४६ हजार ८७५ कित्ता साधारण शेयरको लक–इन अवधि आगामी मंसिर ११ गते समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको उक्त शेयर २०८३ जेठ १२ गते बाँडफाँट गरेको थियो। सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत बराबरको शेयर लक–इनमा राखिएको कम्पनीले जनाएको छ।

उक्त शेयरको कुल मूल्य ४६ लाख ८७ हजार ५०० रुपैयाँ रहेको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार शेयरको लक–इन अवधि आउँदो मंसिर ११ गते समाप्त हुने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*