एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी ?

११ कार्तिक २०८३, बुधबार ०९:४६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग व्यहोरेको हारको बदला लिने लक्ष्यसहित मैदान उत्रिनेछ। अघिल्ला संस्करणमा प्लेअफसम्म पुग्न नसकेको पोखरा यसपटक आफ्नो प्रदर्शन सुधार्दै अघि बढ्न चाहन्छ।

अर्कोतर्फ, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम पहिलो खेलमा व्यहोरेको हारपछि जितको लयमा फर्कने प्रयासमा हुनेछ। लगातार दुई संस्करणको फाइनलमा पुगे पनि उपाधि जित्न नसकेको टोली यसपटक च्याम्पियन बन्ने लक्ष्यमा छ।

कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्। प्रतियोगिताको फाइनल खेल आगामी मंसिर ५ गते आयोजना हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*