नेशनल लाइफले कमायो साढे १२ करोड नाफा, जीवन बीमाकोष खर्ब क्लबमा

२७ कार्तिक २०८३, शुक्रबार १०:२७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तीन महीनामा अर्थात् साउनदेखि असोज मसान्तसम्म १२ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद नाफा १०.७९ प्रतिशतले घटेको हो।

नाफा घटे तापनि कम्पनीको अधिकांश वित्तीय सूचकहरुकमा भने लोभलाग्दो ग्रोथ देखिएको छ। कम्पनीको आम्दानीको मुख्य स्रोत खुद बीमाशुल्क आर्जन गत आवको तुलनामा चालू आवमा ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँबाट ३०.१३ प्रतिशतले बढेर ७ अर्ब १९ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १ अर्ब ४१ करोड ४६ लाख रुपैयाँबाट बढेर १ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी ७ अर्ब ३१ करोड १४ लाख रुपैयाँबाट २५.८९ प्रतिशतले बढेर ९ अर्ब २० करोड ४४ लाख रुपैयाँ पुगेको छ।

आम्दानीसँगै कम्पनीको खर्च पनि उल्लेख्य वृद्धि भएको देखिएको छ। कम्पनीको कुल खर्च ६ अर्ब ९६ करोड ९१ लाख रुपैयाँबाट २८.०९ प्रतिशतले बढेर ८ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने अभिकर्ता कमिशन खर्च ४७ करोड ७१ लाख रुपैयाँबाट २१.२१ प्रतिशतले बढेर ५७ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँमा यथावत रहेको छ भने विपत्ति कोष १.७० प्रतिशतले बढेर ७५ करोड ८५ लाख रुपैयाँ पुगेको छ। यता जगेडा कोष भने २३.५० प्रतिशतले बढेर ६० करोड ४९ लाख रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १०.३० रुपैयाँबाट घटेर ८.८३ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*