नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

२७ कार्तिक २०८३, शुक्रबार १०:५१

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको आज कात्तिक २७ गते बिहान ९ः१५ बजेदेखि बसेको सञ्चालक समितिको ५५२औं बैठकले गत आर्थिक वर्ष २०८२/०८३ को तर्फबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण अनुसारको वितरणयोग्य रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.२५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये ३.४० प्रतिशत बोनस शेयर र ४.८५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।

हाल यस बैंकको चुक्ता पूँजी ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार ३९० रुपैयाँ रहेको छ। उक्त घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने ३३औं वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*