सुपरमाई हाइड्रोपावरको १८.४२ प्रतिशत लाभांश घोषणा

२७ कार्तिक २०८३, शुक्रबार १०:५९

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको कात्तिक २२ गते आइतबार साँझ साढे ४ बजे बसेको सञ्चालक समितिको १३९औं बैठकले गत आर्थिक वर्ष २०८२/०८३ को तर्फबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरको हो। घोषित लाभांशमध्ये १४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।

उक्त लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको अब बस्ने १२औं वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*