सर्वाेच्च अदालतमा चारजना न्यायाधीश नियुक्त

२७ कार्तिक २०८३, शुक्रबार १२:५६

काठमाडौं । न्याय परिषदको सिफारिसमा राष्ट्रपतिले सर्वाेच्च अदालतमा चारजना न्यायाधीश नियुक्त गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषदको सिफारिसमा आज कात्तिक २७ गते शुक्रबार सर्वाेच्च अदालतमा चारजना न्यायधीश नियुक्त गरेका हुन्।

न्यायाधीश नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्। बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन भने सारु उच्च अदालत पाटनका न्यायाधीश हुन्।

त्यसैगरी सर्वाेच्च अदालतमा नियुक्त भएका पाण्डे उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश हुन भने डाँगी उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजका न्यायाधीश हुन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*