नेपाल-फिनल्यान्ड चेम्बरको अध्यक्षमा प्रज्वलजंग पाण्डे, यस्तो बन्यो टिम

९ मंसिर २०८३, बुधबार १८:३९

काठमाडौं । नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको चौथो साधारणसभाले प्रज्वलजंग पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार राजधानीमा भएको साधारणसभाबाट नयाँ कार्यसमितिमा राजेशकाजी श्रेष्ठलाई मानार्थ सदस्य तथा मुकुन्दप्रसाद तिमिल्सिनालाई निवर्तमान अध्यक्षको जिम्मेवारी दिइएको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विश्वेश श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा सुजीत शाक्य र शक्तिकुमार बेगानी रहेका छन् । महासचिवमा सीताराम थापा, कोषाध्यक्षमा नीतु कयाल तथा सचिवमा स्कन्द अमात्य र नीलकृष्ण ताम्राकार चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यमा दिपेन्द्र सिग्देल, उरुषा चापागाईं, भरत श्रेष्ठ, प्रकाशविक्रम खत्री, शिव ढकाल, उत्तम सिवाल, चेतन भण्डारी, राजेश लामा, सोफिया उपाध्याय, सञ्जीवकुमार पाण्डे, गोर्मेटे दोर्जे श्रेष्ठ, उद्धव बर्तौला, आस्मा पौड्याल, निरज तिमिल्सिना, दिपेन्द्र श्रेष्ठ, राकेश अडुकिया, अग्रिम कार्की, श्याम कँडेल र तोरिशा जी रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिले नेपाल र फिनल्यान्डबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपाली वस्तुको निर्यात प्रवद्र्धन गर्ने, वैदेशिक लगानी आकर्षित गर्ने र दुई देशका व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्पर्क विस्तार गर्ने लक्ष्य लिएको छ ।

चेम्बरले आगामी दिनमा व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, लगानीका सम्भावित क्षेत्रको पहिचान तथा निजी क्षेत्रबीच सहकार्यका कार्यक्रम सञ्चालन गर्दै नेपाल–फिनल्यान्ड आर्थिक सम्बन्धलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

यसअघि आयोजित कार्यक्रममा नेपाल र फिनल्यान्डबीच व्यापार, लगानी, पर्यटन तथा प्रविधिको क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्नुपर्नेमा नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले जोड दिएको छ ।

चेम्बरको चौथो साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा दुई देशबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्दै व्यापार तथा लगानीका नयाँ अवसर पहिचान गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा चेम्बरका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपाल र फिनल्यान्डबीच आर्थिक कूटनीति तथा व्यावसायिक साझेदारी विस्तार गर्न चेम्बरले पुलको भूमिका निर्वाह गर्ने बताए । चेम्बरलाई औपचारिक संवादमा मात्र सीमित नराखी व्यावसायिक सहकार्य र परिणाममुखी गतिविधिको साझा मञ्चका रूपमा विकास गरिने उनको भनाइ थियो ।

उनले नेपाली उत्पादनलाई फिनल्यान्डको बजारसम्म पुर्याउन निर्यात प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै दुई देशबीच लगानी, पर्यटन र व्यापारका क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*