बैंकहरुलाई पहिलो त्रैमासिक विवरण सार्वजनिक गर्ने समय थप
२९ आश्विन २०८०, सोमबार १६:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई त्रैमासिक वित्तीय विवरण बुझाउने समय थप गरेको छ ।
बैंकहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था व्यवस्था भएपनि यसपाली दशैंको बिदा परेकाले बैंकहरुले समय थप गरेको राष्ट्र बैंकले जनाएको छ ।
त्रैमास समाप्त भएको एक साताभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने व्यवस्थामा कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न राष्ट्र बैंकले समय थप गरेको छ ।











